22 Oct, 2024, Tue dconawalpur@gmail.com (+९७७)-९८५७०४०४७२
/ संक्षिप्त परिचय

संक्षिप्त परिचय

अध्यावधिक मिति २०८१ जेठ २४ गते बिहीबार


नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको सामान्य परिचय

नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने  ११ वटा जिल्ला मध्येको एक जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हो । नेपालको संविधान (२०७२) मा साविकको नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नामाकरण भै छुट्टा छुट्टै जिल्लाको रुपमा अनुसूचीमा उल्लेख भए बमोजिम भएको छ ।

१. भूगोलः

  • सीमानाः पूर्वः चितवन जिल्ला; पश्चिमः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला; उत्तरः पाल्पा र  तनहुँ जिल्ला; दक्षिणः चितवन र भारतको विहार प्रदेश पर्दछ ।
  • क्षेत्रफलः १,३३१.१६ वर्ग कि.मी.
  • भारतसंग जोडिएको सीमाको लम्वाईः नारायणी नदि करिव ३ कि.मि.
  • सबै भन्दा अग्लो भू-भागः समुन्द्री सतहबाट १९३६ मिटर (देवचुली)
  • कृषियोग्य जमिनः ४३८९७ हेक्टर
  • वनजंगलले ढाकेको क्षेत्रः ५८.४९%
  • मुख्य नदी: कालीगण्डकी र नारायणी
  • प्रमुख खोलानाला: झरही खोला, कावासोती खोला, गिरुवारी खोला, विनयी खोला,अरुण खोला ,बौदीखोला ,निरंदी खोला
  • प्रमुख ताल :  पोखरी ताल र टरुवा ताल
  • मुख्य धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरुः दाउन्ने देवी मन्दिर, मौलाकालीका मन्दिर, गजेन्द्र मोक्षधाम, शास्वतधामअकलादेवी मन्दिर, घुमारीघाट, ल्होसेधारा, महाराजाथान, सिख्रौली घाट, धौवादी देवचुली डाँडा, अमलटारी होमस्टे

२ जनसंख्याः (२०६८ सालको जनगणना अनुसार)

  • जनसंख्याः ३११६०४
  • महिला : १६८८२५
  • पूरुष : १४२७७९
  • शहरी क्षेत्रको जनसंख्या: ७०.१४%
  • ग्रामिण क्षेत्रको जनसंख्या: २९.८६%
  • जनघनत्वः २३४.०८ प्रति वर्ग कि.मि.
  • मुख्य जातिहरुः   ब्राम्हण, क्षेत्री, थारु, गुरुङ, मगर, कुमाल, कामी, दमै, ठकुरी, मुसलमान आदि

 

३ अर्थतन्त्रः

  • मुख्य पेशाः कृषि
  • अन्य पेशाः व्यापार, व्यवसाय, वैदेशिक रोजगारी
  • मुख्य वालीः धान, गहुँ, मकै, तोरी, मसुरो, उखु  र केरा
  • प्रमुख उद्योगः ६२
  • औद्योगिक एवं व्यापारिक केन्द्रहरुः कावासोती ,दुम्कौली, भेडावारी, सर्दी  आदि ।

४ राजनीतिः

  • स्थानीय तहः ८ : ४ नगरपालिका (गैडाकोट, देवचुली, कावासोती र मध्यविन्दु) र ४ गाउँपालिका (विनयी त्रिवेणी, हुप्सेकोट, बुलिङटार र बौंदीकाली)
  • वडा: ९१ वटा
  • प्रतिनिधि सभा निर्वाचन क्षेत्रः २
  • प्रदेश सभा निर्वाचन क्षेत्रः ४
  • मुख्य राजनीतिक दलः नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली काङग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी
  • प्रतिनिधि सभामा प्रतिनिधित्वः ३
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा): ०
  • नेपाली कांग्रेसः २ (प्रत्यक्ष २समानुपातिक १)
  • प्रदेश सभामा प्रतिनिधित्वः ६
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा): ३ (प्रत्यक्ष ३समानुपातिक १)
  • नेपाली कांग्रेसः ३ (प्रत्यक्ष १समानुपातिक १)
  • स्थानीय तहको प्रमुख/अध्यक्षमा प्रतिनिधित्वः
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा): ६
  • नेपाली कांग्रेसः २

१.५ विविधः

  • क्याम्पसः २२
  • सामुदायिक विद्यालयः ३११
  • संस्थागत : ९३
  • मदरसा : १
  • गुम्बा:१
  • गुरुकुल:३
  • प्राविधिक शिक्षालय: ९
  • विशेष कक्षा :७ (सुस्त श्रवण २, दृष्टिविहिन १, सुस्त मनस्थिति १ समेत)

              धार्मिक मठ मन्दिर

  • मठ मन्दिरः ९३
  • गुम्बाः १४
  • मस्जिदः १
  • चर्च १४

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ आश्विन २९ गते मंगलबार